कर्मचारी प्रतिभा डबली कार्यक्रम कार्यान्वयन प्रक्रिया सुरु
gorkhapatraonline.com · Sun Jan 07 00:47:09 GMT 2024
काठमाडौँ, पुस २२ गते । सरकारले निजामती सेवाभित्रै रहेका कर्मचारीको प्रतिभालाई सङ्कलन गरी व्यवहारमा कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गत तीन वर्षदेखि प्रतिभा डबली कार्यक्रम आयोजना गरी कर्मचारीसँग भएका सिर्जनशीलता सङ्कलन गर्दै आएको थियो ।
कर्मचारीमार्फत सङ्कलित ‘सिर्जनशीलता’ लाई अहिले सरकारले कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएको हो । मन्त्रालयले विगत तीन वर्षको अवधिमा निजामती सेवालाई वैज्ञानिक, व्यावहारिक र वस्तुनिष्ठ बनाउने विभिन्न २० वटा यस्ता सिर्जनशील सोच सङ्कलन गरेको थियो । तीमध्ये चालु आर्थिक वर्षमा सम्बन्धित मन्त्रालयले यस्ता सोच कार्यान्वयन गर्ने प्रक्रिया अगाडि बढाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)