अल इन्डिया गोल्डकपमा नेपाल ‘ए’ टिमले अन्तिम खेल खेल्दै
himalpress.com · Tue Jun 02 01:58:54 GMT 2026
काठमाडौँ- भारतको देहरादुनमा भइरहेको अल इन्डिया गोल्डकपमा नेपाल ‘ए’ टिमको अन्तिम खेल आज (मंगलबार) रहेको छ । देहरादुनमा रहेको महाराणा प्रताप कलेजको क्रिकेट मैदानमा बिहान ९ः३० मा सुरु हुने खेलमा नेपाल ‘ए’ले एलबी क्रिकेट शाला भोपालसँग खेल्दैछ।
प्रतियोगिताको सुरुआती दुई खेलमा हार सहित प्रतियोगिताबाट बाहिरिसकेको नेपाल ‘ए’ सान्त्वना जितका साथ भारत यात्रा समाप्त गर्न चाहन्छ । भोपालको टिम भने यस खेलमा जित निकाल्दै क्वाटरफाइनलको यात्रा पक्का गर्न चाहन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)