जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सुरु
ratopati.com · Fri Oct 06 06:42:00 GMT 2023
काठमाडौं । परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले प्रतिवद्धता बमोजिम जोगबुडा अस्पतालमा दन्त उपचार सेवा सञ्चालन गरेका छन् । डडेल्धुराको भित्रीमधेस क्षेत्रमा रहेको परशुराम नगरपालिका र आलिताल गाउँपालिकाका नागरिकहरुलाई मध्यनजर गरि दन्त उपचार सेवा सुरु गरिएको हो ।
दाँत सम्बन्धि विभिन्न समस्याको गुणस्तरीय उपचार उपलब्ध गराउने उद्देश्यसहित उक्त सेवा सञ्चालन गरिएको अस्पतालले जनाएको छ । नगरप्रमुख भरत बडायर जोशीले यस अघि नगरपालिकाका दिर्घरोगिहरुको निःशुल्क स्वास्थ्य विमा गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)