एकीकृत समाजवादी र जसपाबीच एकताबारे छलफल सुरु
nayapatrikadaily.com · Mon Jan 02 16:01:00 GMT 2023
जनता समाजवादी पार्टी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि छलफल सुरु भएको छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने-नजानेबारे पार्टीभित्र छलफल गरिरहेका दुवै दलले पार्टी एकता गरेर संसद्को चौथो शक्ति बन्न गृहकार्य थालेका हुन् ।
संसदमा जसपाको अहिले १२ र एकीकृत समाजवादीको १० सिट छ । दुई दलबीच एकता भए कुल सिट संख्या २२ पुग्छ । संसदमा अहिले २० सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो शक्ति छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)