पोखराकप बास्केटबलको उपाधि म्याग्दीलाई
gorkhapatraonline.com · Tue Jun 02 02:14:48 GMT 2026

म्याग्दी,जेठ १९ गते । दोस्रो पोखरा कप प्रदेशस्तरीय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि म्याग्दीले जितेको छ । गण्डकी प्रदेश बास्केटबल सङ्घको आयोजनामा पोखरामा सोमबार सम्पन्न प्रतियोगितामा पर्वतलाई ७३ का विरुद्ध ८० स्कोर गर्दै म्याग्दी विजयी भएको हो ।
विजेता र उपविजेताले शिल्ड, मेडल र प्रमाणपत्रसहित नगद रु ५० हजार र उपबिजेताले रु ३० हजर नगद पुरस्कार प्राप्त गरेका जिल्ला बास्केटबल सङ्घ म्याग्दीका अध्यक्ष एकिन पुर्जाले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)