मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

नेपालीलाई विदेश जान रोक,  तर भारतीयलाई साउदी अरेबिया जान सातामा १० उडानको अनुमति

nayapatrikadaily.com · Tue May 18 00:38:00 GMT 2021

आफ्ना नागरिकलाई समेत विदेश जान रोक लगाइरहेको नेपाल सरकारले भारतीय नागरिकलाई भने नेपालबाट साउदी अरेबिया जान अनुमति दिएको छ । सरकारले केही दिनअगाडि नेपाललाई ‘ट्रान्जिट’ बनाएर विदेश जान नदिने निर्णय गरेको थियो । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय दूतावासको आग्रह भन्दै सातामा १० उडानमार्फत भारतीयलाई साउदी अरेबिया जान अनुमति दिएको हो ।

साउदी जाने उडानले एकतर्फी मात्रै यात्रु लैजान पाउने स्वीकृति दिएको छ । जसले गर्दा विदेशमा अलपत्र नेपाली सो उडानमार्फत फर्कन नपाउने भएका छन् । कोरोनाको नयाँ भेरियन्टको जोखिम बढेको भन्दै अध्यागमन विभागले नेपाललाई ट्रान्जिट बनाएर अन्य गन्तव्यमा यात्रा गर्न रोक लगाएको थियो । १५ वैशाखदेखि रोक लगाउने अध्यागमन विभागको निर्णय १५ दिन नबित्दै भारतीय नागरिकका लागि भने खुला गरिएको हो । जब कि साउदी अरेबिया रोजगारीका लागि जान ठिक्क परेका १५ सय नेपाली उडान बन्द भएपछि रोकिएको वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित श्रेष्ठले जानकारी दिए । आफ्ना नागरिकलाई रोजगारीमा जान रोक्ने सरकारले भारतीयलाई भने चार्टर गर्न दिनु आश्चर्यजनक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)