निजी अस्पताललाई स्वास्थ्य बीमा बोर्डको चेतावनी - सामान्य बिरामीलाई आकस्मिक सेवा दिए भुक्तानी रोक्छौं
nepalviews.com · Tue Jun 02 02:26:55 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई लक्षित गर्दै स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक (इमर्जेन्सी) सेवा दिएमा त्यसको भुक्तानी नगर्ने चेतावनी दिएको छ। बोर्डले सोमबार एक सूचना जारी गर्दै वास्तविक रूपमा आकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र यो सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो।
सामान्य बिरामीलाई आकस्मिक सेवा अन्तर्गत उपचार गरेर बीमा दाबी पेस गरिएमा त्यस्ता दाबीहरूको भुक्तानी नगर्ने बोर्डले जनाएको छ । स्वास्थ्य अवस्था हेरीआकस्मिक उपचार आवश्यक पर्ने बिरामीलाई मात्र यो सेवा दिन र उपचारका क्रममा भर्ना वा शल्यक्रिया (सर्जरी) आवश्यक परेमा विधि पुर्याएर डिस्चार्ज गर्न भनिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ