मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सवारी दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

annapurnapost.com · Tue Jun 02 02:20:53 GMT 2026

उदयपुर :

उदयपुरको त्रियुगा नगरपालिका - १२ बुद्ध चोकमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जनप्रेमी आधारभूत विद्यालयबाट बुद्ध चोकतर्फ जाँदै गरेको स.९.प.८२५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई स्थानीय बलदेव चौधरीको इट्टाको पर्खालमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक २४ वर्षीय हेमन्त सदाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी राजन चापागाईले जानकारी दिए ।

दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलको पछाडि सवार स्थानीय १८ वर्षीय राकेश सदालाई थप उपचारका लागि बिराटनगर पठाइएको उनले बताए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)