मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

११ औं बबिन स्मृति ब्याडमिन्टन : ४५ प्लसमा सञ्जय र अनिल तथा ५५ प्लसमा चन्द्र र गणेशको जोडी विजयी

ratopati.com · Tue Jun 02 02:49:05 GMT 2026

काठमाडौँ । किङ कङ स्पोर्ट्स क्लबको आयोजनामा ‘११ औं बबिन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिता’ सफलतापूर्वक सम्पन्न भएको छ । प्रतियोगिता अन्तर्गत भेट्रान्सतर्फका विभिन्न उमेर समूहमा उपाधि विजेताहरूको टुङ्गो लागेको हो ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले नगद पुरस्कार प्राप्त गरेका छन् । आयोजकका अनुसार प्रत्येक विधामा प्रथम हुनेले ३० हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुने जोडीले ७ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

४५ वर्षमाथिको पुरुष डबल्स विधामा पीएफसीका सञ्जय कपाली र अनिल थाम्सुहाङको जोडी प्रथम भएको छ । त्यस्तै, पीएफसीकै सुरेन्द्र कटुवाल र इन्द्र महताको जोडी द्वितीय हुँदा चन्द्रगिरी ब्याडमिन्टन क्लबका राजकुमार पोखरेल र अमित महर्जनको जोडीले तृतीय स्थान हासिल गर्‍यो ।

५५ वर्षमाथिको पुरुष डबल्स प्रतिस्पर्धामा नेपाल पुलिस क्लबका चन्द्र कुबेर खापुङ र गणेश चन्दको जोडीले प्रथम स्थान हात पारेको छ । डेविट स्पोर्ट्सका डिल कन्दङ्वा र हस्त गुरुङको जोडी द्वितीय भयो भने जोरपाटीका सुदिप बुढाथोकी र कृष्ण थापाको जोडी तृतीय हुन सफल भयो ।

खुल्लामा सुजन थापा र राम मल्ल प्रथम हुन सफल भए ।

बबिन स्मृतिको सम्झनामा आयोजित यस प्रतियोगिताले भेट्रान्स खेलाडीहरूका लागि उत्कृष्ट प्लेटफर्म प्रदान गरेको आयोजक किङ कङ स्पोर्ट्स क्लबले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)