मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतमा इन्धन महँगिएपछि ‘कार पुलिङ’ गर्नेहरू अनुमानभन्दा २० प्रतिशत बढी

baahrakhari.com · Tue Jun 02 02:49:51 GMT 2026

काठमाडौं । पश्चिम एसियामा जारी युद्धका कारण भारतमा इन्धन महँगो भएपछि देशमा ‘कार पुलिङ’ लाई बढावा दिएको छ ।

विश्वकै सबैभन्दा ठूलो कार पुलिङ प्लेटफर्म ‘ब्ला–ब्ला कार’ले बढ्दो ऊर्जा मूल्यबृद्धिका कारण यस वर्ष ६ लाख नयाँ चालकहरू आफ्नो प्लेटफर्ममा जोडिएको जनाएको छ । यो संख्या कम्पनीको अनुमानभन्दा करिब २० प्रतिशत बढी हो ।

ब्ला–ब्ला कारका लागि भारत सबैभन्दा ठूला बजारहरूमध्ये एक हो । सन् २०२५ मा भारतमा करिब दुई करोड मानिसले यसको प्रयोग गरेका थिए ।

कम्पनीले दिएको जानकारी अनुसार, यस वर्ष फेब्रुअरी २८ मा इरानमाथि अमेरिका र इजरायलले गरेको हवाई आक्रमणयता उनीहरूको प्लेटफर्म प्रयोग गर्ने यात्रुहरूको संख्यामा ४० प्रतिशतको वृद्धि भएको छ ।

यो प्लेटफर्मले एउटै गन्तव्यतर्फ जान चाहने चालक र यात्रुलाई एकापसमा जोड्ने काम गर्छ । उदाहरणका लागि यदि, कोही व्यक्ति आफ्नो कार लिएर एक्लै दिल्लीबाट लखनऊ जाँदै छ भने उसले यसको जानकारी ब्ला–ब्ला कारको प्लेटफर्ममा राख्न सक्छ । र, लखनऊ जान इच्छुक अन्य यात्रुहरू तोकिएको भाडा तिरेर उनीसँगै यात्रा गर्न सक्छन् ।

हालै मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि नागरिकहरूलाई इन्धन बचत गर्न अपिल गरेका थिए । उनले नागरिकहरूलाई सार्वजनिक यातायातको प्रयोग गर्न र ‘कारपुलिङ’ अपनाउन आग्रह गरेका थिए । डनबाट ।

#भारत

#इन्धन

#कार पुलिङ

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)

सम्बन्धित विषय