अखिल(क्रान्तिकारी)मा अन्ततः उमेरहद पक्षधरहरुकै जित
ajakoartha.com · Sun Dec 29 17:44:00 GMT 2024

काठमाडौं - नेकपा(माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)मा उमेरहदका पक्षधरहरुको जित भएको छ । आइतबार बेलुका सार्वजनिक भएको मतपरिणाम अनुसार २१ मत उमेरहदको पक्षमा बढी परेसँगै अब अखिल(क्रान्तिकारीमा)मा ३२ वर्षे उमेरहद कायम हुने भएको हो ।
देशभबाट संकलित मत परिणाम अनुसार उमेरहदको पक्षमा ९०० मत खसेको छ भने त्यसको विपक्षमा ८७९ मत खसको थियो । ३२ वर्षे उमेरहदको पवधान लागू हुने भएसँगै अखिल(क्रान्तिकारी)को नेतृत्वमा अब नयाँ युवापुस्ताको आगमन भएर संगठन चलायमान हुने अपेक्षा गरिएको छ । अर्कोे पक्षले धाँधली र कीर्ते प्रतिनिधि छनोट गरेर उमेर हद रोक्ने अनेकौं प्रयत्न गरे पनि अन्ततः उमेरहद पक्षधरकै जित भएको एक विद्यार्थी नेताले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)