फर्गुसन बने टी-२० विश्वकपमा २४ बल नै डट राख्ने पहिलो बलर
onlinekhabar.com · Mon Jun 17 17:43:45 UTC 2024
३ असार, काठमाडौं – न्युजिल्यान्डका तीव्र गतिका बलर लोकी फर्गुसन टी-२० विश्वकपमा आफ्नो पूरै ४ ओभर (२४बल) मेडन राख्ने पहिलो खेलाडी बनेका छन् । पपुवा न्युगिनीविरुद्ध लोकी फर्गुसनले ४ ओभरमा ३ विकेट लिदै कुनैपनि रन नदिदै उक्त कीर्तिमान बनाएका हुन् ।
आइतबार बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसनले नेपालविरुद्ध २४ मध्य २१ बल डट राखेका थिए । फर्गुसन अघि त्यो नै विश्वकपमा सर्वाधिक डट बल थियो । टी-२० आईमा क्यानडाका साद बिन जाफरपछि चार ओभरनै मेडन राख्ने उनी दोस्रो खेलाडी हुन् । जाफरले सन् २०२१ मा पानमाविरुद्ध ४ ओभरमा २ रन खर्चेर कुनै रन दिएका थिएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)