मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२६ लाख घरायसी ग्राहक तिर्नेछन् विजुली भ्याट

kendrabindu.com · Tue Jun 02 02:57:19 GMT 2026

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको तथ्यांक अनुसार आगामी आर्थिक वर्षदेखि बिजुलीमा लागू हुने मूल्य अभिवृद्धि कर (भ्याट) को मारमा २६ लाख घरायसी ग्राहक पर्ने भएका छन्। आर्थिक वर्ष २०८३/८४ को बजेटमा ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकलाई पाँच प्रतिशत भ्याट लागू गर्ने उल्लेख छ।

२० युनिटसम्म खपत गर्ने ग्राहक १९ लाख ९८ हजार, २१ देखि ३० युनिट खपत गर्ने ४ लाख २१ हजार र ३१ देखि ५० युनिटसम्म खपत गर्ने ६ लाख १५ हजार छन्,’ प्राधिकरणका प्रवक्ता राजन ढकालले भने, ‘५१ देखि १ सय युनिट खपत गर्ने ग्राहक १० लाख ७५ हजार छन्, १ सय १ देखि २ सय ५० युनिटसम्मका ग्राहक १० लाख ८९ हजार छन् । २ सय ५० युनिटभन्दा बढी खपत गर्ने ग्राहक ४ लाख ४२ हजार छन्।’

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)