आजदेखि राइड शेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागु
techpana.com · Fri Jul 17 08:15:22 GMT 2026

काठमाडौं । राइड शेयरिङ सेवामा आज शुक्रबार (१ साउन) देखि ५ प्रतिशत मूल्य अभिवृद्धि कर लागु भएको छ । आर्थिक ऐन, २०८३ अनुसार लागु भएको व्यवस्थाअनुसार अब पठाओ, इनड्राइभ, याङ्गोजस्ता प्लेटफर्ममार्फत प्रदान गरिने राइड शेयरिङ सेवामा ५ प्रतिशत भ्याट लाग्नेछ ।
आन्तरिक राजस्व विभागले सूचना जारी गर्दै राइड शेयरिङ प्लेटफर्मलाई आजदेखि भ्याट कार्यान्वयन गर्न निर्देशन दिएको छ । विभागका अनुसार राइड शेयरिङ प्लेटफर्मले आफ्नो प्लेटफर्ममा आबद्ध राइडरले यातायात तथा ढुवानी सेवा बापत लिने शुल्कको ५ प्रतिशत भ्याट सङ्कलन गर्नुपर्नेछ । सङ्कलित कर र त्यसको विवरण प्रत्येक महिना समाप्त भएको २५ गतेभित्र सम्बन्धित राजस्व कार्यालयमा बुझाउनुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)