नेपाल समूहको कार्यक्रमस्थलबाट ‘सूर्य’ चिन्ह हराएपछि...
farakdhar.com · Sun Apr 04 16:10:23 GMT 2021
काठमाडौं : खारेजीमा परेको नेपाल कम्युनिष्ट पार्टीमा तनाव देखिएपछि विवादको केन्द्रमा परिरह्यो, ‘नेकपा’ नाम र चुनाव चिन्ह ‘सूर्य’ । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि शीर्ष नेताहरुले गर्ने हरेक भाषणमा नेकपा र सूर्य चिन्ह आफूहरुको रहेको दाबी उनीहरुले गरे ।
अरु त अरु पुष्पकमल दाहाल प्रचण्डले समेत हँसिया हथौडा भन्दा सूर्य चिन्हलाई आफ्नो भनेर दाबी गरे। पुस ५ यताका कतिपय सभाहरूमा चुनाव चिन्हसहितको झण्डा राख्न बिर्सिएका कारण आलोचना पनि यिनै नेताले खेपे । कतिपय सभामा राखिएका झण्डाको औचित्य नभएको भन्दै आरोप-प्रत्यारोप सार्वजनिक मञ्चमै भएको देखियो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)