मुग्लिङ–मलेखु सडकखण्ड, दुई महिनादेखि कालोपत्रे ठप्प
gorkhapatraonline.com · Tue Jun 02 03:14:57 GMT 2026

चितवन, जेठ १९ गते । विस्तार भइरहेको मुग्लिङ–मलेखु सडकखण्डमा दुई महिनादेखि काम ठप्प भएको छ । अलकत्रामा भएको भारी मूल्यवृद्धिका कारण निर्माण कम्पनीले खरिद गर्न नसकेको भन्दै कालोपत्रेको काम अहिले हुन नसकेको हो । नागढुङ्गा–मुग्लिङ सडक योजना (पश्चिम खण्ड) की प्रमुख सजना अधिकारीले दुई महिनादेखि कालोपत्रे हुन नसकेको बताउँदै भन्नुभयो, “अलकत्राको मूल्य बढेको भन्दै निर्माण व्यवसायीले कालोपत्रे गरेका छैनन् । कालोपत्रे गर्नका लागि तयारी अवस्थामा छौँ तर काम हुन सकेको छैन ।” मजदुर र निर्माण सामग्रीको अभावले विस्तार कार्यले गति लिन नसकेको उहाँको भनाइ छ ।
केही वर्ष निर्माण सामग्रीको अभावले गर्दा सडक विस्तारका काममा समस्या आएको थियो । मलेखुनजिकै त्रिशूली नदीको लामाबगर क्षेत्रमा आवश्यक निर्माण सामग्री निकाल्न ठेक्का लागे पनि स्थानीयको विरोधका कारण सामग्री निकाल्न सकिएको थिएन, प्रमुख अधिकारीले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)