रविको राजनीतिक भविष्य नै अन्यौलमा, रास्वपामा स्वर्णिम पक्षको रडाको
barnanmedia.com · Sun Dec 29 21:55:43 GMT 2024

सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणको पनि मुद्दा चलेपछि रास्वपा कसले हाँक्छ भन्ने प्रश्न राजीतिक बजारमा छ। किनकी सहकारी ठगी प्रकरणमा साढे दुई महिनादेखि कास्की प्रहरीको हिरासतमा रहेका रविमाथि झन्डै २८ करोडको सम्पत्ति शुद्धीकरणको मुद्दा छ। उनले जिल्ला अदालत कास्कीमा बयान दिइसकेका छन्, अब केही दिनमा थुनछेक बहस हुनेछ। यदी उनी पुर्पक्षका लागि थुनामा गए वा भोलि दोषी ठहर भए भने रास्वपा सभापति रहनेछ्रनन्। त्यति मात्र होइन, उनी राजनीतिक दलको साधारण सदस्य पनि रहन पाउने छैनन्।
त्यही भएर सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दाले नेताहरुलाई राजनीतिको कुर्सीबाट सडकमा पुर्याएको विगत छ। कांग्रेस नेताहरु खुमबहादुर खड्का, जेपी गुप्ताहरु पनि कुनै बेलाका शक्तिशाली थिए। भ्रष्टाचार प्रमाणित भएपछि राजनीतिलाई बाइबाइ गर्न पर्यो। गोविन्दराज जोशी भ्रष्टाचार मुद्दाकै कारण राजनीतिबाट टाढिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)