नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल
barnanmedia.com · Thu Sep 17 21:54:23 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्ले र भारतका अर्थमन्त्री निर्मला सीतारमणबीचको भेटवार्तामा नेपालमा बाढीपछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक सहकार्यलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको छ।
भारत भ्रमणमा रहेका मन्त्री वाग्ले र समकक्षी सीतारमणबीच बिहीबार अपरान्ह ५ बजे नयाँ दिल्लीस्थित कर्तव्य भवन परिसरमा रहेको भारतीय वित्त मन्त्रालयमा उनीहरूको भेट वार्ता भएको हो। भेटमा दुवै देशका सरकारी प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)