डेटा सेन्टरलाई आवश्यक सस्तो बिजुली र पानीको उपलब्धता स्पेसएक्सको आईपीओको मुख्य 'रिस्क फ्याक्टर'
techpana.com · Tue Jun 02 03:15:17 GMT 2026

काठमाडौँ । स्पेसएक्सले आफ्नो आईपीओ दर्ताका लागि पेस गरेको प्रतिवेदनमा नयाँ बुँदाहरू थप गर्दै सम्भावित लगानीकर्ताहरूलाई पानीको पहुँच एउटा गम्भीर जोखिम हुन सक्ने चेतावनी दिएको छ । एलोन मस्कको एआई कम्पनी एक्सएआई समेत सम्मिलित कम्पनीले संशोधित फाइलिङ मा डेटा सेन्टरहरूलाई चिस्यान (cooling) प्रदान गर्न पानीको उपलब्धता, बिजुली र प्रोसेसर जस्तै महत्त्वपूर्ण रहेको उल्लेख गरेको छ ।
यसअघि स्पेसएक्सले मुख्यतया सस्तो मूल्यमा बिजुलीको उपलब्धता, निर्माणमा लाग्ने समय र सामग्रीको अभावलाई मात्र चुनौतीका रूपमा प्रस्तुत गरेको थियो । तर, पछिल्लो संशोधनमा कम्पनीले डेटा सेन्टरहरूको विस्तार 'सस्तो मूल्यमा बिजुली र पानीको उपलब्धता' मा निर्भर रहने स्पष्ट पारेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)