मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दादुराको प्रकोप बढेसँगै विद्यालय बन्द

himalpress.com · Tue Jun 02 03:28:13 GMT 2026

जाजरकोट- जाजरकोटको भेरी नगरपालिका–११ कट्टीगाउँमा दादुराको प्रकोप बढेसँगै सो क्षेत्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएका छन् । भेरी नगरपालिका–११ स्थित शिवशंकर माध्यमिक विद्यालय, जगतिपुरमा अध्ययनरत दर्जनौँ विद्यार्थीमा दादुराको संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको हो ।

भेरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रमोद विष्टले सूचना जारी गर्दै वडा नं. ११ भित्रका विद्यालय पाँच दिनका लागि बन्द गरिएको जानकारी दिएको छ। प्रकोप प्रभावित कट्टीगाउँबाट पठाइएका नमुनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रतिवेदनअनुसार चार जनामा दादुरा पुष्टि भएको जनाइएको छ। दादुरा पुष्टि भएसँगै सो क्षेत्रका सबै बालबालिकालाई खोप लगाउने कार्य सम्पन्न नभएसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको सूचनामा उल्लेख छ।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)