ट्राफिक प्रहरीको अभियान : पिकअप सवारीका हुट र छत हटाइँदै
gorkhapatraonline.com · Tue Jun 02 03:32:16 GMT 2026

जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले पिकअप सवारीसाधनमा जडान गरिएका हुट र छत हटाउने अभियानलाई तीव्रता दिएको छ । पिकअप सवारीसाधनले हुट र छतमा यात्रु राखेर सञ्चालन गर्दा दुर्घटनाको जोखिम बढेको भन्दै ट्राफिक प्रहरीले त्यस्ता संरचना हटाउन थालेको हो ।
ट्राफिक प्रहरीको ‘ट्राफिक नियमको पालना, सभ्य समाजको सिर्जना’ भन्ने नारासहित सञ्चालन गरिएको दुर्घटना न्यूनीकरण अभियानअन्तर्गत हालसम्म १२१ वटा सवारीसाधनका हुट र छत हटाइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख नरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)