मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री आरजु देउवा र भारतीय समकक्षी जयशंकरबिच हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल

barnanmedia.com · Mon Aug 19 21:37:27 UTC 2024

परराष्ट्रमन्त्री आरजु राणा (देउवा)को भारत भ्रमणका क्रममा हवाई रूट र पञ्चेश्वर परियोजनाबारे छलफल भएको छ । परराष्ट्रमन्त्री राणा र भारतीय समकक्षी एस जयशंकरबिच सोमबार भएको भेटवार्तामा हवाई रूट, पञ्चेश्वर परियोजना, सीमा सुरक्षा, ऊर्जा लगायतका विषयमा छलफल भएको हो ।

छलफल गरिएका विषयमा दुई देश द्धिपक्षीय संयन्त्र निर्माण गर्न सहमत भएका छन् । भेटमा व्यापार तथा पारवहन, लगानी र पूर्वाधार निर्माणका विषयमा समेत छलफल भएको दिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)