बोर्डले अस्पताललाई भन्यो : सामान्य बिरामीलाई आकस्मिकमा उपचार गरे भुक्तानी हुँदैन
corporatenepal.com · Tue Jun 02 03:34:18 GMT 2026

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले निजी अस्पतालहरूलाई आकस्मिक उपचार आवश्यक भएका बिरामीलाई मात्र स्वास्थ्य बीमाअन्तर्गत सेवा प्रदान गर्न निर्देशन दिएको छ। सामान्य प्रकृतिका बिरामीलाई आकस्मिक सेवाको रूपमा उपचार गरी बीमा दाबी पेश गरे त्यस्ता दाबी स्वीकृत नहुने बोर्डले स्पष्ट पारेको छ।
बोर्डले जेठ १८ गते निजी सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई सम्बोधन गर्दै जारी गरेको सूचनामा आकस्मिक सेवा सम्बन्धी प्रचलित व्यवस्था कडाइका साथ कार्यान्वयन गर्न आग्रह गरेको छ। सूचनाअनुसार वास्तविक रूपमा तत्काल उपचार आवश्यक पर्ने अवस्थाका बिरामीलाई मात्र आकस्मिक स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)
काठमाडौँ