हङकङमा शौचालयमा लडेर शेरबहादुर देउवा घाइते, हात भाँचिएको दाबी
barnanmedia.com · Fri Jul 17 08:42:03 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङमा लडेर घाइते भएको खबर सार्वजनिक भएको छ। कांग्रेस उच्च स्रोतलाई उद्धृत गर्दै प्रकाशित समाचारअनुसार देउवा शौचालयमा लडेका हुन् र उनको एउटा हात भाँचिएको बताइएको छ।
घटना गत साता भएको र उपचारपछि देउवा अहिले आराम गरिरहेको समाचारमा उल्लेख छ। आफू घाइते भएको विषयमा देउवाले कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह र रमेश लेखक लगायतका नेताहरूलाई जानकारी गराएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)