मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

यस्तो छ अक्षता र जमराको महत्व

aarthiknews.com · Fri Oct 15 01:15:00 GMT 2021

आज विजयदशमी । विशेषगरी विजयादशमीमा रातो अक्षताको टीका लगाउने परम्परा छ । नेपालमा रातो अक्षताको टीका काठमाडौं उपत्यका र शहर आसपासबाट शुरु भएको विश्वास छ । नेपालका दुरदराज गाउँहरूमा रंगको चलन तीनै शहर बजार आवतजावत गर्नेहरूले चलाए पछि गाउँघरमा पनि रातो टीका लगाउन थालिएको हो।

केही जातजातीमा सेता अक्षताको टीका लगाउने चलन अझै पनि छ । अक्षता अर्थात् क्षत नभएको नटुक्रिएको चामल । अक्षता वा चामललाई संस्कृत भाषामा ‘तण्डुल’ भनिन्छ । धानबाट बन्ने खाद्यान्न। मानिसको प्राण धान्नका लागि चामलको प्रयोग गरिन्छ । खाद्यवस्तुको रूपमा मात्र नभई देवकार्य, पितृकार्य एवं यज्ञादिमा धानरचामलकै प्रयोग गरिन्छ । यसैले सम्पूर्ण जगतकै प्राण रक्षा गर्ने भएकोले धानलाई प्राणेश्वरी अथवा ब्रह्म पनि भनिन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)