रास्वपा केन्द्रीय समितिको बैठक भदौ ५ गते बस्ने
barnanmedia.com · Mon Aug 19 21:47:01 UTC 2024

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ।
पार्टीको केन्द्रीय कार्यालय बनस्थलीमा भदौ ५ गते बस्ने गरी बैठक बोलाएको हो।बैठकमा राष्ट्रिय भेलाबारे छलफल हुने रास्वपा केन्द्रीय कार्यालयद्वारा जारी सूचनामा जनाइएको छ।यस्तै, संगठन निर्माण सम्बन्धी कार्यबिधी संशोधन, केन्द्र तथा सातै प्रदेशको बन्द कार्यशालाको प्रतिवेदन र स्थानीय तह उपनिर्वाचनलगायत विषयमा छलफल हुने रास्वपाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)