मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालविवाह अन्त्य रणनीति कार्यान्वयनको तयारीमा

gorkhapatraonline.com · Tue Jun 02 03:46:21 GMT 2026

कर्णाली प्रदेशमा १० जिल्लामा व्याप्त रहेको बालविवाहलाई न्यूनीकरण गर्न कर्णाली प्रदेश सरकारले निर्माण गरेको ‘कर्णाली प्रदेशको बालविवाह अन्त्यसम्बन्धी रणनीति, २०८२’ कार्यान्वयनमा लैजाने तयारी गरिएको छ ।

कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले नेपालको संविधान, राष्ट्रिय कानुन तथा अन्तर्राष्ट्रिय दायित्व अनुसार तयार गरिएको ‘कर्णाली प्रदेशको बालविवाह अन्त्यसम्बन्धी रणनीति, २०८२’ लाई समुदायस्तरसम्म पु¥याएर कार्यान्वयन गर्न प्रदेश सरकार तयार रहेको जानकारी दिनुभयो । बालविवाह न्यूनीकरणसम्बन्धी दैलेखको गुराँसेमा आयोजित कार्यक्रममा उहाँले यस्तो जानकारी दिनुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)