मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फोहोर डस्टबिनमा नफाले 15 हजारसम्म जरिवाना, संसदमा दर्ता भयो विधेयक !

barnanmedia.com · Thu Sep 17 22:22:56 GMT 2026

सार्वजनिक स्थलमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न सरकारले डस्टबिनमा फोहोर नफाल्नेलाई ५ हजारदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था प्रस्तावसहित फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ।

विधेयक पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले प्रतिनिधिसभामा दर्ता गरेका हुन्।प्रस्तावित व्यवस्थाअनुसार सार्वजनिक स्थानमा राखिएको डस्टबिन प्रयोग नगरी जथाभावी फोहोर फाल्ने व्यक्तिलाई पहिलो पटक ५ हजार रुपैयाँ, दोस्रो पटक ५ हजारदेखि १० हजार रुपैयाँसम्म र तेस्रो पटक वा त्यसपछि १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सकिनेछ। फोहोर उठाउँदा लागेको खर्चसमेत सम्बन्धित व्यक्तिबाट असुल गर्ने प्रस्ताव गरिएको छ।विधेयकले स्थानीय तहलाई सार्वजनिक सडक, उद्यान, प्रदर्शनीस्थल, सार्वजनिक यातायात तथा सवारीसाधन बिसौनीजस्ता स्थानमा आवश्यकताअनुसार बन्द ढक्कन भएका डस्टबिन राख्नुपर्ने व्यवस्था गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)