सर्वोत्तम पेन्ट्सको आईपीओ जेठ २८ गतेदेखि सर्वसाधारणका लागि खुल्ने
corporatenepal.com · Tue Jun 02 03:46:07 GMT 2026

काठमाडौं । सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले आगामी जेठ २८ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि प्राथमिक शेयर (आईपीओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको शेयर निष्काशन तथा बाँडफाँट प्रक्रिया सम्पन्न गरेपछि अब आम लगानीकर्ताका लागि आईपीओ ल्याउन लागेको हो।
कम्पनीले जारी पूँजी ३४ करोड रुपैयाँको २५ प्रतिशत बराबर ८ करोड ५० लाख रुपैयाँ मूल्यका ८ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न नियामक निकायबाट स्वीकृति प्राप्त गरेको थियो। स्वीकृत कुल शेयरमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याइएको थियो, जसको बाँडफाँट सम्पन्न भइसकेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)