कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
ratopati.com · Sat Jun 27 19:59:33 GMT 2026

असार १४ गते आइतबारदेखि २० गते शनिबारसम्मको साप्ताहिक राशिफल
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोमबारसम्मको समय मध्यम रहेकोले व्यस्तता बढे पनि स्वास्थ्यको ख्याल नगर्दा औषधी उपचार खर्च बढ्नेछ । खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । मंगलबारबाट समय राम्रो रहेकोले अध्ययन तथा कामको सवालमा लामो दुरीको यात्रा हुनेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रसँग सम्बन्धित सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शेयर बजार तथा व्यापारमा सुझबुझका साथ लगानी गर्दा धनधान्य तथा सुखमा वृद्धि हुनेछ । कार्यक्षेत्रमा सहकर्मीको साथ रहने हुनाले उपलब्धि हासिल गर्न सकिनेछ । प्रेम सम्बन्ध सुमधुर रहने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)