सुस्तामा तटबन्ध निर्माणमा भारतीयपक्षको अवरोध, यस्तो छ अवस्था (तस्वीरहरू)
shilapatra.com · Tue Jun 02 03:52:00 GMT 2026

पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीको कटान नियन्त्रणका लागि निर्माणाधीन तटबन्धको काममा भारतीय सशस्त्र सीमा बल (एसएसबी)ले अवरोध गरेको छ । सीमा विवादित क्षेत्र रहेको भन्दै भारतीयपक्षले थप भौतिक संरचना निर्माण नगर्न मौखिक आग्रह गरेको जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार संयुक्त सीमा गस्तीका क्रममा भारतीयपक्षले उक्त विषय उठाएको थियो । त्यसपछि सम्बन्धित निकायमार्फत गृह मन्त्रालयलाई जानकारी गराइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)