हेलिसँगै ब्युँतिन्छ आफन्त फर्कने आश
onlinekhabar.com · Thu Aug 27 10:28:35 GMT 2026

११ भदौं, बट्टार (नुवाकोट) । श्री नं. १ सैन्य तालिम केन्द्रको सडकका दुवै किनारमा मानिसहरूको निकै ठूलो भिड छ । सैन्य तालिम केन्द्रतर्फ लम्किरहेका आखाँले बाढीमा बेपत्ता आफन्त खोजिरहेको बुझ्न गार्हो छैन ।