कालीगण्डकी किनारमा किशोरीको शव फेला
gorkhapatraonline.com · Tue Jun 02 04:17:31 GMT 2026

आइतबार रातिदेखि सम्पर्कविहीन एक किशोरीको शव कालीगण्डकी नदी किनारमा फेला परेको छ । रामपुर नगरपालिका–८, झेरुछाप बगनासी बस्ने १६ वर्षीय अस्मिता सारु मगर सोमबार साँझ मृत अवस्था भेटिएको हो ।
रामपुर ८, खैरेनी वन नजिकै कालीगण्डकी किनारमा उहाँ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिनुभयो । आइतबार रातिदेखि घरपरिवारसँग सम्पर्कविहीन सारुले प्रयोग गर्ने मोबाइल फोन कालीगण्डकी नदीको रामपुर–८ र स्याङ्जाको चापाकोट नगरपालिका ९ निर्दिमको झोलुङ्गे पुलमा फेला परेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)