सिरहामा ब्राउन सुगरसहित २ युवक पक्राउ
onlinekhabar.com · Tue Jun 02 04:17:17 GMT 2026

१९ जेठ, सिरहा । सिरहा प्रहरीले ३ ग्राम १४० मिलिग्राम प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मिर्चैया नगरपालिका–६ का २३ वर्षीय जयकुमार साह र १९ वर्षीय सुजल शाह रहेका छन्। उनीहरूलाई आइतबार बेलुका सिरहा नगरपालिका–१५ बुधौराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
नेपाल प्रहरी