१५ औं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध छौं- पूर्णबहादुर खड्का
setopati.com · Tue Jun 02 04:11:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशनलाई एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्।
सोमबार एक विज्ञप्ति जारी गर्दै खड्काले गत पुस १० गतेसम्म टुंगिसकेका तथा त्यसपछि नवीकरण र नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी उनीहरू महाधिवेशनमा सहभागी हुने कुराको सुनिश्चितता गर्ने, गराउने विषयमा आफूहरू दृढ र प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरेका छन्।
कांग्रेसले गत पुससम्म नवीकरण गरेका सदस्यहरूको मोबाइल नम्बर, सामाजिक सञ्जाल आइडी, उमेर, लिंगलगायत थप विवरण माग गर्दै क्रियाशील अद्यावधिक गरिरहेको छ भने सोमबारदेखि नयाँ क्रियाशीलका लागि आवेदनसमेत खुला गरिसकेको छ।
१५ औं महाधिवेशन असोजमा तोकिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)