बाढी प्रभावितका लागि कामना सेवा विकास बैंकको २५ लाख सहयोग
clickmandu.com · Thu Aug 27 10:34:49 GMT 2026

काठमाडौं । कामना सेवा विकास बैंकले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन २५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ तथा बैंकमा कार्यरत कर्मचारीको एक दिनको तलबबापत १५ लाख रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)