सेयर बजार कतिसम्म उचालिन सक्ला ?
barnanmedia.com · Mon Aug 19 22:24:51 UTC 2024

सेयरबजार परिसूचक नेप्सेमा आइतबार सामान्य ‘करेक्सन’ आयो । बिहीबार ४३ अंकले बढेर ३००० विन्दुमा पुगेको सूचक आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा थामियो । करेक्सनका बाबजुद लगानीकर्ताले उत्साहजनक कारोबार गरे । आइतबार २८ अर्ब ८३ करोडको सेयर खरिदबिक्री भयो ।
गएको साताभरिमा सेयरबजारमा २३४ अंकको वृद्धि देखिएको थियो भने हप्तैभर कारोबारमा नयाँ रेकर्ड बनेका थिए । साताको पहिलो दिन आइतबार २७६६ अंकबाट खुलेको बजार अन्तिम दिन बिहीबार ३ हजार अंकमा बन्द भयो । अघिल्लो पटकको बुल (२०७८ भदौ ३ गते ) मा ३२२८ को अलटाइम हाइ रेकर्ड राखेको नेप्सेले त्यसयता सो रेकर्ड तोड्न सकेको छैन । यद्यपि, करिब ३ वर्षपछि नेप्से सूचक अलटाइम हाइनजिक आइपुगेको छ । यो साता बजारमा नेप्से सूचकले ३ हजारको यात्रा सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)