संविधान प्राप्तिको ११ वर्ष: सीमान्तकृत समुदायको पहुँच बढ्यो
ratopati.com · Thu Sep 17 23:08:06 GMT 2026

झापा । झापाको भद्रपुर नगरपालिका–७ का ७३ वर्षीय राजवंशी समुदायका अगुवा फूलसिंह राजवंशीलाई संविधान जारी भएपछि आफ्नो समुदायमा केही सकारात्मक परिवर्तन भएको महसुस हुन्छ । राज्यका विभिन्न तहमा आफ्नै समुदायका मानिस जनप्रतिनिधिका रूपमा पुग्नु र आफ्ना कुरा राख्ने अवसर बढ्नु उनका लागि महत्त्वपूर्ण परिवर्तन हो ।
शिक्षा, रोजगारी र आर्थिक अवस्थालाई हेर्दा संविधानले दिएको अधिकार अझै पूर्ण रूपमा समुदायका घरघरमा पुग्न नसकेको उनको अनुभव छ । “पहिले हाम्रो कुरा सुन्ने मान्छे कम थिए । अहिले स्थानीय सरकारमा आफ्नै समुदायका मानिस प्रतिनिधि छन्, आफ्ना कुरा राख्न पाएका छौँ”, उनले भने, “तर हाम्रा छोराछोरीको शिक्षा, रोजगारी र आर्थिक अवस्था हेर्दा संविधानले दिएको अधिकार अझै घरघरमा पुगेको छैन ।”
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)