मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

सी–ट्रम्प भेटमा आर्टिफिसियल इन्टेलिजेन्स मुख्य मुद्दा

barnanmedia.com · Thu Sep 17 23:08:49 GMT 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्दा कृत्रिम बौद्धिकता (एआई) दुई देशबीचको प्रमुख चासोका रूपमा रहने भएको छ। एआई विकास, अत्याधुनिक चिप्समा पहुँच र सुरक्षा मापदण्डमा अमेरिका र चीनबीच प्रतिस्पर्धा तथा मतभेद तीव्र छन्।

अमेरिका र चीन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) विकासका प्रमुख शक्ति हुन्। डिपसिक र मुनसट एआईलगायत चिनियाँ कम्पनीका खुला मोडेलले अमेरिकी ओपनएआई र एन्थ्रोपिकका प्रणालीसँग प्रतिस्पर्धा गर्न थालेका छन् । चीनको एआई विकास रोक्न अमेरिकाले अत्याधुनिक चिप्सको निर्यातमा नियन्त्रण गर्दै आए पनि ट्रम्प प्रशासनले केही चिप्समा नियम खुकुलो पारेको छ भने अन्य प्रविधिमा प्रतिबन्ध कायम राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)