किसानलाई दुग्ध वस्तुको बक्यौता भुक्तानी गर्न अर्थको ३० करोड
ekantipur.com · Fri Mar 15 16:48:13 GMT 2024
काठमाडौँ — लामो समयदेखि दुग्ध वस्तुको बक्यौता नपाएका किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयले ३० करोड रुपैयाँ सहुलियत ऋण दिने भएको छ । सहुलियत ऋणबारे अर्थले शुक्रबार निर्णय गरेको दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झाले जनाए । ‘लामो प्रयासपछि किसानलाई भुक्तानी गर्न अर्थ मन्त्रालयबाट सहुलियत ऋण दिने निर्णय भएको छ,’ उनले भने ।
अर्थमन्त्री वर्षमान पुनले शुक्रबार राजस्व सचिव रामप्रसाद घिमिरेसहित मन्त्रालयका उच्च अधिकारीलाई तत्काल किसानको भुक्तानी दिने प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए । उक्त निर्देशन दिनुअघि अर्थमन्त्री पुनले कृषिमन्त्री ज्वालाकुमारी साह, कृषि सचिव गोविन्दप्रसाद शर्मा र पशुपक्षी विकास सचिव रेवतीरमण पौडेलसँग छलफल गरेका थिए । त्यसपछि भुक्तानी प्रक्रिया अगाडि बढाउन निर्देशन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)