अन्तिम ५ बलमा लगातार छक्का प्रहार गर्दै कोलकाताले निकाल्यो रोमाञ्चक जित
deshsanchar.com · Sun Apr 09 15:53:54 GMT 2023
अन्तिम ओभरमा २९ रन चाहिएको अवस्थामा कोलकाताका रिन्कु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का प्रहार गरेपछि साविक च्याम्पियन गुजरातमाथि ३ विकेटको रोमाञ्चक जित हासिल गरेको छ। कोलकाता विरुद्ध रासिद खानले ह्याट्रिक विकेट लिएपनि टिमको हार टार्न भने सकेनन्।
आइतबार भएको पहिलो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। उसका लागि विजय शकंरले ६३ रनको अविजित इनिङ खेल्दा साइ सुधर्शनले ५३ रन बनाए। त्यस्तै शुभमन गिलले ३९ रन बनाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)