मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जोखिमपूर्ण समय आउँंदैछ, जोगिऔं

annapurnapost.com · Thu Jan 20 05:35:00 GMT 2022

स्वास्थ्यविज्ञ भन्छन्– ‘अबको तीन सातामा कोरोना संक्रमणको उच्च जोखिम छ।’ केही दिनयता देशभर संक्रमणको दर अकासिँदै गएको छ। दैनिक १० हजारभन्दा बढी संक्रमित भइरहेका छन्। जाँच गर्नेमध्ये ५० प्रतिशतमा कोरोना संक्रमण भेटिन थालेको छ। सर्वसाधारणदेखि चिकित्सकसम्म संक्रमणमा परेका छन्। अबका केही साता निकै जोखिमपूर्ण हुने विज्ञहरूको अनुमान छ। विश्व स्वास्थ्य संगठन र स्वास्थ्यका विभिन्न ‘टुल’ को प्रयोग गरेर संक्रमण फैलावटको आकलन गर्ने गरिएको छ। काठमाडौं उप्पत्यकामा संक्रमितको संख्या दोब्बरले बढ्दै गएको छ। प्रमुख सहर र भारतसँगका सीमा जोडिएका सहरमा संक्रमितको संख्या उच्च छ। संक्रामक दर बढ्दै गएकाले केही साता उच्च जोखिमपूर्ण छन्। महामारीबाट बच्न स्वास्थ्य सतर्कता अपनाउने र मापदण्ड लागू गर्नुको विकल्प छैन।

छिमेकी भारतमा कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ व्यापक फैलिँदा सरकारले सीमा नाकामा पर्याप्त चेकजाँच र स्वास्थ्य सुरक्षाका मापदण्ड लागू गर्न सकेन। केहीको चेकजाँच गरे पनि अधिकांश त्यसै घर फर्किए। स–साना नाकामा निर्वाध आवत्जावत् भयो। भारतबाट फर्किनेमा कोरोना पोजेटिभ भेटिए पनि सीमा नाकामा होल्डिङको व्यवस्था हुन सकेन। अर्को विडम्बना, कैलाली, कञ्चनपुरलगायतका सीमा नाकाका बन्दै गरेका होल्डिङको निर्माणकार्य अझै सकिएको छैन। ती होल्डिङ सेन्टर कहिले बन्ने हुन् ? यसै भन्न कठिन छ। होल्डिङ सेन्टर नबन्दा संक्रमितहरू होम आइसोलेसनमा बस्ने भन्दै सीधै घर फर्के। स्वास्थ्य मादपण्ड पालना गराउन नसक्दा उनीहरूले सार्वजनिक यातायातको प्रयोग गरे। त्यही कारण कोरोना गाउँगाउँ पुग्यो। समुदायमै फैलिँदा नियन्त्रणभन्दा बाहिर गयो। बेलैमा सचेतना अपनाउन नसक्दाको परिणाम आज मुलुकले भोग्दैछ। सीमा नाकामा चेकजाँच र स्वास्थ्य मापदण्डको पालना नहुँदा वीरगन्ज, कैलाली, कञ्चनपुरलगायतका सीमा सहर कोरोना ‘हटस्पट’ बनेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)