वाटसनमा बेलायती आस
ekantipur.com · Sat Jul 02 01:20:40 GMT 2022
विम्बल्डन — विम्बल्डन टेनिसमा निकै उतारचढावपूर्ण व्यक्तिगत प्रदर्शनको इतिहास बोकेकी बेलायती खेलाडी हिथर वाटसन शुक्रबार पहिलोपल्ट चौथो चरण पुगेकी छन् ।
अल इंग्ल्यान्ड क्लबमा १२ पल्ट खेलिरहेकी १ सय २१ औं वरीयताकी वाटसनले स्लोभानियाकी काजा जुभानलाई ७–६ (८–२), ६–२ ले पराजित गरिन् । सन् २०१० मा विम्बल्डनमा डेब्यु गरेकी वाट्सन छपल्ट प्रतियोगिताको पहिलो चरणमै पराजित रहेकी छन् । अब उनले अर्को चरणमा जर्मनीकी जुली निमरको सामना गर्नेछिन् । जुलीले लेसा सुरेन्कोलाई ६–४, ३–६, ६–३ ले पराजित गरिन् । तेस्रो वरीयताकी ओन्स जबेर पनि चौथो चरण पुगेकी छन् । उनले फ्रान्सकी डानी पेरीलाई ६–२, ६–३ ले पराजित गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)