नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट
ratopati.com · Fri Jul 17 10:13:12 GMT 2026
काठमाडौँ । नेपाल ‘यू–१९ महिला एसिया कप’ का लागि छनोट भएको छ । एसीसी महिला यू–१९ प्रिमियर कप २०२६ को सेमिफाइनलमा यूएईसँग पराजित भए पनि टोली एसिया कपमा छनोट भएको नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले जानकारी दिएको हो ।
शुक्रबार भएको रोमाञ्चक खेलमा नेपाल यूएईसँग सुपर ओभरमा पराजित भयो । नेपालले प्रस्तुत गरेको ७ रनको लक्ष्य यूएईले ३ बलमा पछ्यायो । यसअघि, निर्धारित २० ओभरमा खेलमा दुवै टोलीले सबै विकेट गुमाएर समान १००–१०० रन बनाएपछि खेल सुपर ओभरमा प्रवेश गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)