टेण्डर बिनै सेटिङमा नदी दोहन
annapurnapost.com · Tue Jun 02 04:50:27 GMT 2026

रौतहट : लालबकैया नदी यतिबेला अवैध दोहनको चपेटामा परेको छ । यो नदी सँधै अबैध रुपमा हुने दोहनको मारमा पर्ने गरेको छ । स्थानीय सरकारले समयमै टेण्डर नगर्दा स्थानीय केही खोलाबाट माफियाहरुले फाइदा उठाउने मौका पाईरहेका छन् ।
कानुनी रूपमा टेण्डर प्रक्रिया नै पूरा नभएको अवस्थामा पनि नदीका विभिन्न घाटबाट दैनिक सयौं ट्र्याक्टरले ढुंगा, गिटी र बालुवा निकासी भईरहेको स्थानीय बताउँछन् । सामान्य चोरीझैं लुकेर नभई प्रहरी, केही जनप्रतिनिधि र तस्करबीचको कथित ‘सेटिङ’ मै खुलेआम नदी दोहन हुने गरेको नाम उल्लेख नगर्ने शर्तमा एक स्थानीय समाजसेवीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)