काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
barnanmedia.com · Thu Sep 17 23:36:17 GMT 2026

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित एक छोरी बाबुको काजकिरियामा बस्नुभएको छ । उहाँका पिता सुन्दर थापाको निधनपछि एकमात्र छोरी समीक्षाले बुबाको काजकिरिया गरिरहनुभएको छ ।
छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन आफ्नो कर्तव्य सम्झेर बुबाको काजकिरियामा बसेको समीक्षाको भनाइ छ । समीक्षाले बुबाको निधनपछि आफैँ काजकिरियामा सहभागी भएर छोरी पनि आमाबुबाको समान सन्तान हुन् भन्ने व्यावहारिक सन्देश दिनुभएको स्थानीय दीपक थापाले बताउनुभयो । समीक्षाका बुबाको गत भदौ २८ गते निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)