विदेशको मोह त्यागेर कृषिमा रमाएको चन्द्रवंशी परिवार
barnanmedia.com · Thu Sep 17 23:39:31 GMT 2026

बराहक्षेत्र नगरपालिका–९ श्रीलङ्का टप्पुका अर्जुन चन्द्रवंशीले आफ्ना चार छोरालाई कृषि पेसा आबद्ध गराउनुभएको छ । करिब दुई दशकदेखि गोलभेँडालगायत तरकारीखेती गर्दै आउनुभएका उहाँले कृषि पेसालाई नै परिवारको मुख्य आम्दानीको स्रोत बनाउनुभएको छ ।
उहाँको खेतमा वर्षभरि गोलभेँडा, कोभी, बोडीलगायतका तरकारी उत्पादन हुने गरेको छ । अर्जुनका चार छोरा रामविलास, लक्ष्मण, श्रीराम र जादुलाल चन्द्रवंशी बाबुकै लयमा कृषि पेसामा दत्तचित्त भएर लाग्नुभएको छ । “छोराहरू विदेश जाने भन्थे, मैले नेपालमै रु ५० हजार दिन्छु भनेर विदेश जान दिइनँ । अहिले नेपालमै बसेर सबै छोराले लाखौँ रुपैयाँ कमाउन सक्ने भएका छन्”, अर्जुनले भन्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)