मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

क्रिकेट संघ रूपन्देही : शक्तिको चुनौती, थापाको परीक्षा

lokaantar.com

रूपन्देही जिल्ला क्रिकेट नेतृत्वका लागि पूर्व क्रिकेटर शक्ति गौचन र हरिबहादुर थापाबीच प्रतिस्पर्धा हुने भएको छ । यही जेठ २५ गते हुने निर्वाचन तथा पाँचौँ अधिवेशनमा यसअघिका प्रतिस्पर्धी गौचन र थापाबीच प्रतिस्पर्धा हुन लागेको हो ।

विक्रम संवत् २०७८ को माघमा भएको निर्वाचनमा शक्तिलाई अध्यक्षमा पराजित गर्दै थापा विजयी भएका थिए । उनलाई २४ मतले पछि पार्दै हरिबहादुर थापा रूपन्देही क्रिकेट संघको अध्यक्ष निर्वाचित भएका थिए । थापाले ६४ र गौचनको मत ४० थियो । भैरहवा निवासी थापा र गौचनबीच यो पटक पनि कडा प्रतिस्पर्धा हुने आकलन गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)