मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

युक्रेनमा रूसी आक्रमण नौ जनाको मृत्यु, दर्जनौँ घाइते

kendrabindu.com · Tue Jun 02 05:12:28 GMT 2026

काठमाडौं । युक्रेनमा भएको रूसी मिसाइल तथा ड्रोन आक्रमणका कारण नौ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले मङ्गलबार बताएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले नयाँ आक्रमण को तयारी गरिरहेको चेतावनी दिएको केही दिन पछि आक्रमण भएको जनाइएको छ ।

हाल घातक द्वन्द्व अन्त्य गर्ने वार्ता ठप्प रहेको छ भने सन् २०२२ मा आक्रमण सुरु गरे देखि मस्कोले युक्रेनमा लगभग हरेक दिन आक्रमण गर्दै आएको छ । युक्रेनको राजधानीमा धेरै विस्फोटहरू भएको उल्लेख गर्दै रूसले ब्यालेस्टिक मिसाइलहरू प्रहार गरी आगो लगाएको र धेरै जिल्लाहरूमा बिजुली कटौती गरेको एएफपिले बताएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)

सम्बन्धित विषय