मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२४ घण्टामा दुई हजार ९३ सवारीचालक ट्राफिक कारबाहीमा, २७ लाख राजस्व संकलन

ajakoartha.com · Tue Jun 02 05:08:00 GMT 2026

काठमाडौंं-

पछिल्लो २४ घण्टामा राज्यकोषमा रु २७ लाख ३६ हजार ५०१ राजस्व दाखिला भएको छ ।

ट्राफिक उल्लंघनको कारबाहीमा परेका दुई हजार ९३ सवारीचालकले सवारी नियम उल्लंघन गरेकाहरुबाट कारबाहीस्वरुप राजस्व दाखिला भएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९, संकेत बत्ती उल्लंघनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो ।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)

सम्बन्धित विषय